कोरोनाविरुद्दको खोप लगाएर जानेलाई चन्द्रागिरिमा २५ प्रतिशत छुट

काठमाडौं । कोभिड– १९ विरुद्ध खोप लगाउनेहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्नेछ ।

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने विश्वास लिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेकोचन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

यो योजना वैशाख ९ गते बिहीवारबाट शुरु भइ जेठ १७ गतेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?