सभामुख सापकोटाविरुद्दको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

बुधवार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्ध परेको मुद्दाको पेसी तोकिएको थियो ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा रहेको संवैधानिक इजलासले उक्त मुद्दा आजको लागि हेर्न नभ्याइनेमा राखेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीसहित न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा लगायत रहेका छन् ।

सभामुख सापकोटाविरुद्ध माओवादी द्वन्द कालमा अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा उनको परिवारले २०६८ सालमा मुद्दा दर्ता गरेका थिए ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला २०६८ साल असार ६ गते सापकपोटाविरुद्ध मृतक अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरोल लगायतले मुद्दा दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?