नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति प्रकाशित गर्दै बैशाख ८ गते राती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन् ।

अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइने विज्ञप्तिमा जनाइएको छ ।

बाँकेको कोरोना सङ्क्रमण दर अत्यन्तै तीव्ररूपले वृद्धि भएकाले स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा सङ्घीय सरकारबाट प्राप्त मार्गनिर्देशनानुसार सो निर्णय लिएको हो । नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?