पर्सामा ७ वर्षीया बालिकामाथी जबरजस्ती करणी गर्ने एक जना पक्राउ

काठमाडौं । पर्सामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका २४ का ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् ।
प्रहरीले मंगलवार सर्राफलाई पक्राउ गरेको हो ।

सर्राफले सोमवार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

जबरजस्ती करणी भैसकेको अवस्थामा के गर्ने ?

  • तत्काल प्रहरीमा उजुरी गर्नु पर्दछ ।
  • प्रहरी आइनपुगेसम्म घटना भएको स्थानको केही पनि सामानहरु आफूखुसी नचलाई घटनास्थल सुरक्षित राख्नु पर्दछ ।
  • प्रहरीको सहयोगमा यथाशीघ्र स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।
  • प्रहरीले सबुद प्रमाण (नमुना) संकलन नगरेसम्म नुहाँउन हुँदैन र लगाएको कुनै पनि लुगा फेर्ने वा धुनु हुँदैन ।

जबरजस्ती करणी हुनबाट जोगिने उपायहरु :

  • एकान्त ठाँउमा सकेसम्म एक्लै हिँडडुल नगर्ने, नचिनेका मानिसहरुलाई एक्लै भेट्न नजाने ।
  • जहाँ जाँदा पनि अभिभावकलाई वा विश्वासिलो व्यक्तीलाई जानकारी गराएर मात्र जाने ।
  • जबरजस्ती करणी हुनसक्ने शंका लागेमा वा सम्भावना भएमा प्रतिकारका सामान्य तरिकाहरु प्रयोग गर्ने जस्तै स् ठूला् स्वरमा चिच्याइ हारगुहार माग्ने ।
  • सकेसम्म छिटो सुरक्षित स्थानमा पुग्न कोशिस गर्ने ।
  • प्रतिकारको लागि तत्काल उपलब्ध कुनै पनि चिज जस्तै माटो, ढुङ्गा, लठ्ठी, हात खुट्टा इत्यादि प्रयोग गरी जबरजप्ती गर्ने ओज्ने व्यत्तिको आँखा वा अन्य संवेदनशील अङ्गमा प्रहार गर्ने ।
  • बालबालिकाले आफ्नो अभिभावक र प्रहरीको सम्पर्क नम्बर कण्ठ पारेर राख्ने जसले गर्दा आवश्यक परेको समयमा प्रयोग गर्न सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?