काठमाडौं । जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितीले गरेको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको बैठकले ३ वटा वडामा निषेधाज्ञा जारी गरेको हो ।
ती ३ वडामा बैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनहरु सञ्चालन गर्न पाईने जनाइएको छ । अन्य निजी तथा सार्वजनिक यातयात सञ्चालन गर्न नपाइने जनाइएको छ ।
निषेधाज्ञाको समयमा संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ । ति ३ वडामा अत्यावश्यकबाहेक घर बाहिर हिँडडुल गर्न पनि निषेध गरिएको छ । अत्याअवश्क काम परेमा मास्कको प्रयोग गरेर मात्रै घर बाहिर जान आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया