काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रगतिमा छलाङ मारेको छ ।
गरिमा विकास राष्ट्रिय स्तरको विकास बैंक हो । अहिले संचालनमा रहेका विकास बैंकहरुमध्ये गरिमा विकास बैंक राम्रो प्रगति गर्न सफल भएको विकास बैंक हो ।
स्थापनाकालदेखि नै ग्रामिण क्षेत्रको जीवनस्तर उकास्दै आएको आएको छ । गरिमाले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत) मसान्तसम्म बैंकले नाफा,खुद व्याज आम्दानी, फि कमिशन,संचालन मुनाफा,वितरण योग्य नाफा,प्रतिशेयर आम्दानी तथा जगेडा कोष लगायतका प्रमुख सूचकहरु सकारात्मक देखिएका छन् ।
यस अवधीमा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ३६.६३ प्रतिशतले बढी नाफा कमाएको छ । त्यस्तै, बैंकले यस अवधीमा ९.६४ प्रतिशत खुद व्याज आम्दानी बढाएको छ । त्यस्तै, ३३.१७ प्रतिशत फि तथा कमिशन आम्दानी वृद्धि गरेको छ । यस्तै, बैंकले ३६.९७ प्रतिशत संचालन मुनाफा कमाएको छ ।
त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणले देखाएको छ ।
त्यस्तै, बैंकले यस अवधीमा ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा प्रतिशेयर आम्दानी गरेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१५ गुणा रहेको छ । बैंकको जगेडा जगेडा कोष २९.१४ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया