काठमाडौं । सुनसरीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका ३ का ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका १३ स्थित डुकु होटल एण्ड लजको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया