टेकसिंह धामी/धनगढी- अछाममा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षका एक पुरुषको आज (बिहिवार)मृत्यु भएको हो ।
उनी एक महिना अघि भारतको गुजरातबाट आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनलाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया