पत्रकार महासंघ नुवाकोट शाखामा पुन: मतदान हुँदा अध्यक्षमा खनाल विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । बुधबार भएको मतदानमा खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

गत चैत २५ गते देशभर भएको महासङ्घको शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटमा भने मतपत्रमा त्रृटि फेला परेको भन्दै पून: मतदानको व्यवस्था गरिएको थियो।

अध्यक्षमा निर्वाचित खनालले फराकिलो मत अन्तरसहित आफ्ना प्रतिद्वन्दी नारायण नेपाललाई हराएका छन्। निर्वाचित खनालको पक्षमा ११८ मत खस्दा नेपालको पक्षमा भने जम्मा ५ मत खसेको थियो।

उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा जमुना गजुरेल, सहसचिवमा भरतसन्तोषी लामा, कोषाध्यक्षमा सुनिल विष्ट र सदस्यमा कृष्ण अधिकारी, राममणि अधिकारी, रवीन दाहाल, सुजित भण्डारी, हरि भेटुवाल र मुकुन्दराज अर्याल विजयी भएका केन्द्रीय प्रतिनिधि तथा महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिए ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा भोलाराज पौडेल, बद्री प्याकुरेल, देवचन्द्र भट्ट र किरण अधिकारी निर्वाचित भएका छन् ।

सचिव, सहसचिव महिला, समावेशीतर्फको चार सदस्य पद र प्रदेश परिषद् सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एक सय ७४ सदस्य रहेकामा मतदानमा १२५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?