कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ परेका छन् ।
फरार प्रतिवादी मष्टा गाउँपालिका ५ बस्ने ४७ वर्षीय ज्ञान बहादुर बोहरालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बझाङको २०६३ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?