काठमाडौं । नेता शेरबहादुर तामाङलाई नेकपा एमाले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको हो ।
तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छिन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया