काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र पंजाब किङ्स बिच प्रतिस्पर्धा हुँदैछ ।
चेन्नईको चेपाकमा साँझ ७:४५ मा खेलिने खेलमा पंजाब आफ्नो दोस्रो जीतको खोजीमा रहनेछ भने साविक विजेता मुम्बई पंजाबलाई हराउँदै यस संस्करणमा आफ्नो फर्म तगडा बनाउने प्रयासमा रहनेछ।
पंजाबको हालसम्मको यात्रा बिर्सनयोग्य रहेको छ। पहिलो खेलमा राजस्थानविरुद्धको जीत पछि पंजाबले आफ्नो कुनै पनि खेल जित्न सकेको छैन।
चेन्नईमा आफ्नो अन्तिम खेल खेल्न गइरहेको मुम्बईले भने आफ्ना स्पिनर्स राहुल चाहर र जयन्त यादवबाट विकेटको अपेक्षा राख्ने छ। चेन्नईको स्लो विकेटमा स्पिनर्स निकै नै उपयुक्त देखि रहेका छन।
गत संस्करणको पावरप्लेमा सर्वोश्रेष्ठ ब्याटिङ गर्न सफल भएको पंजाबले यस संकरणको पहिलो ६ ओभरमा मात्र ६.७९ को रनरेटले ब्याटिङ गरेको छ।
चेपाकमा खेलिएका ८ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले ५ खेल जितेको छ। यी दुई टोली बिचको पछिल्लो खेल डबल सुपर ओभरमा गएको थियो, जुन पंजाबले जित्न सफल भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया