काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा हिजो (शुक्रवार) खेलिएको खेलमा मुम्बई इन्डियन्स पंजाब किङ्ससँग ९ विकेटले पराजित भएको छ ।
चेन्नईको चेपाकमा साँझ ७ : ४५ मा खेलिएको खेलमा पंजाबले टस जितेर पहिलो बलिङ रोजेको थियो । मुम्बईका ओपनर क्विन्टन डे ककलाई चाँडै नै पविलियन फर्काएपछि पंजाबले मुम्बईको ब्याटिङ खल्बल्याउने क्रम जारी राख्यो। एकातिर मुम्बईका कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरेपनि अर्को तिर उनको साथ निभाउन मुम्बईका कोहि पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । रोहितले ५२ बलमा ६३ रन प्रहार गर्दै मुम्बईको योगफललाई निर्धारित २० ओभरमा १३१ सम्म पुर्याए । उत्कृष्ट बलिङ गरेका पंजाबका बलर्स मध्ये रवि विष्नोई र मोहम्मद शमीले २–२ विकेट लिन सफल भए ।
जवाफी ब्याटिङमा उत्रेको पंजाब शुरू देखि नै मुम्बईका बलर्स माथि आक्रामक भयो । कप्तान के एल राहुलले अविजित ६० र युनिभर्सल बस् का रूपमा चिरपरिचित क्रिस गेलले अविजित ४३ रनको योगदान दिँदा पंजाबले मुंबई माथि ९ विकेटको जित हात पार्न सफल भएको हो ।
यो जीत सँगै पंजाब ५औं स्थानमा उक्लिएको छ भने मुम्बई ४औं स्थानमा यथावत छ ।
आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स बिच मुम्बईको वाँखेडे मैदानमा प्रतिस्पर्धा हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया