सैन्यु ‘कू’ पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै म्यानमारका सेना प्रमुख मिन

लोकपथ
161
Shares
Myanmar’s Chief Senior General Min Aung Hlaing, commander-in-chief of the Myanmar armed forces, arrives to pay his respects to Myanmar independence hero General Aung San and eight others assassinated in 1947, during a ceremony to mark the 71th anniversary of Martyrs’ Day in Yangon on July 19, 2018. Myanmar observes the 71th anniversary of Martyrs’ Day, marking the assassination of independence heroes including Aung San Suu Kyi’s father, who helped end British colonial rule. / AFP PHOTO / YE AUNG THU

काठमाडौं-  सैन्यु कू गरी निर्वाचित सरकारलाई हटाई शासन आफ्नो हातमा लिएपछि पहिलोपल्ट म्यानमारका सैनिक प्रमुख मिन आङ अन्तर्राष्ट्रिय भ्रमणमा जान लागेका छन् ।

सैन्य कू पछि आफ्नै देशमा र विश्वका धेरै मुलुकहरुको आलोचना खेपेका सेना प्रमुख मिन  दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन) को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जान लागेका हुन्।

मिन सहभागी हुन जान लागेको संगठनमा १० वटा दक्षिण पूर्वी देश रहेका छन् । यी मध्ये अधिकांश देशले म्यानमार सेनाको विरोध गर्दै आएका छन्।

गएको फेब्रुअरी १ मा कू गरी सत्ता हत्याएपछि मिनले कुनैपनि देशको भ्रमण गरेका थिएनन् ।

सैन्य कू विरुद्ध म्यानमारमा भएको प्रदर्शनमा ५० भन्दा धेरै बालबालिकासहित सात सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । प्रर्दशनमा उत्रिएका जनताले सेनाले नियन्त्रणमा लिएका नेतृ आङ सान सू कीसहितका नेताहरुको रिहाईको माग गरेका छन् ।  (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा )

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?