काठमाडौं । लक्ष्मी बैंकले (API Banking) को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम (LxBConnect) नामक (API Developer) प्लाट फर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ ।
सो साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअपतथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।
(LxBConnectSandbo ) इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको (API) सँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी (API)पहुँच प्रदान गर्ने जनाएको छ :
खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने
वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिलभुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी,तलब भुक्तानी, सेटलमेन्ट आदी ।
गैरवित्तीयः विनिमय दर, शाखा (ATM)हरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया