नेपाल राष्ट्र बैंक ६६ औं वर्षमा : गभर्नर अधिकारीले दिए यस्तो सन्देश

काठमााडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक ६६ औं वर्षमा प्रवेश गरेको छ ।

राष्ट्र बैंकको स्थापना दिवसका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले शुभकामना सन्देश दिएका छन् ।

गभर्नर अधिकारीले शुभकामना सन्देश दिँदै मुलुकको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग सँधै प्रतिवद्ध रहेको बताएका छन् । ‘‘यस ऐतिहासिक एवम् सुखद अवसरमा मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधरणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तीमा सहयोग पुर्‍याउन सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’राष्ट्र बैंकद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

त्यसैगरी, सो शुभकामना सन्देशमा कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारीका साथे अग्रसर रहने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?