कोरोना महामारीकाबीच शेयर बजारमा ९२ अंकको वृद्धि

काठमााडौं । कोरोना महामारीकाबीच पनि मंगलवार शेयर बजार पूर्ण रुपमा हरियाली भएको छ ।

आज शेयर बजार ९२.४६ अंकले वृद्धि भई २,५९९.०७अंकमा पुगेर रोकिएको छ ।

आइतवार शेयर बजार ७६ र सोमबार ६५ अंकभन्दा बढीले घटेको थियो । आज शेयर बजारमा ५ अर्ब १० करोड ९० लाख ९६ हजार९ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्चेन्ज (नेप्से)ले जनाएको छ । कोरोनाको दोस्रो लमहर सुरु भएसँगै शेयर बजारमा भारी गिरावट आउने आँकलन गर्दै शेयर बजारका साना लगानीकर्ताहरुले शेयर बेच्दा बजार करेक्शन भएको नेप्सेले जनाएको छ ।

आज कुल २१६ कम्पनीहरुको कारोबार भएकोे छ । तीमध्ये म्युचुअल फन्ड योजनाहरुबाहेकका १८१ कम्पनीहरु मध्ये एक कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने अन्य सबै कम्पनीहरुको कारोबार बढेको छ ।

नेप्सेका अनुसार माथिल्लो तामाकोशीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दै ८४७ रुपैयाँ प्रतिकित्ता पुगेको छ । त्यसैगरी,विशाल बजार कम्पनी महिला लघुवित्त,युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको शेयर कारोबार सकारात्मक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?