आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ परेका छन् ।

कपिलवस्तुमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?