सांसद शाहीलाई भेट्न मुख्यमन्त्री गुरुङ अस्पतालमा

लोकपथ
140
Shares

काठमाडौं । अस्पतालमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् ।

प्रदेश सभा बैठक चलिरहेको बेला सम्पर्क विहिन भएका सांसद शाही पोखराको चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिएका थिए । उनलाई भेट्न मुख्यमन्त्री शाही अस्पताल पुगेका हुन् ।

आज बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल चलिरहेकै बेला सम्पर्कविहीन भएका शाही पोखराकै चरक अस्पतालमा रहेको खबर बाहिरिएको थियो ।

शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ चरक अस्पताल पुगेको भएपनि अस्पतालले भेट गर्न नदिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?