सुदूरपश्चिमका थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १५ हजार नाघ्यो

धनगढी । सुदूरपश्चिममा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा ५८५ नमुना परीक्षण गरिएकोमा २४६ जनामा भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मात्रै १३४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै डडैलधुरा असपतालमा ५८ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

उता डोटी अस्पतालमा ३६ जनाको नमुना परीक्षण गर्दा १९ जना, बझाङ अस्पतालमा १७ जनाको परीक्षण गर्दा १४ , कमल बजार असपतालमा २३ जनाको नमुना परीक्षण गर्दा ११ जना र महाकाली अस्पतालमा ६१ जनाको नमुना परीक्षण गर्दा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितको संख्या १५ हजार नाघ्यो, १४ हजार बढिले जिते कोरोना

प्रदेशमा हाल कुल संक्रमितको संख्या १५ हजार ७ सय २१ पुगेको मन्त्रालयले जनाएको छ। भने संक्रमण पुष्टि भएकामध्ये १४ हजार २ सय ५६ जनाले कोरोना जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?