नेपालको जीडीपीको वृद्धिदर ३.९८ प्रतिशत हुने (तथ्यांकसहित)

काठमाडौं । चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत रहने अनुमान गरिएको छ ।

शुक्रवार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । विभागले चालू आर्थिक वर्षको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकांकहरुका आधारमा यो नजिजा निकालेको हो ।

यस्तो वृद्धिदर आर्थिक वर्ष २०७६/७७ मा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७५/७६ मा ६.३९ प्रतिशत रहेको अन्तिम अनुमान गरेको थियो ।

विभागका अनुसार प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २६.४ प्रतिशत,द्धितीय क्षेत्रले १२.५ प्रतिशत र सेवा क्षेत्रले ६१.१ प्रतिशत योगदान गरेको प्रारम्भीक अनुमान गरेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २५.८३ प्रतिशत र गैर कृषि क्षेत्रले ७४.१७ प्रतिशत योगदान रहेको अनुमान गरेको छ । त्यस्तै,खानी उत्खनन् क्षेत्रको ०.५८ प्रतिशत,उद्योग क्षेत्रको ५.०८ प्रतिशत योगदान गरेको तथ्यांक विभागले जनाएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा विद्युत,ग्याँस,वास्प क्षेत्रले १.२३ प्रतिशत,पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापको क्षेत्रबाट ०.५५ प्रतिशत,निर्माण क्षेत्रबाट ५.८ प्रतिशत,थोक तथा खुत्रा व्यापार क्षेत्रको १५.६७ प्रतिशत,यातायात तथा भण्डारण क्षेत्रले ५.४३ प्रतिशत योगदान पु-याएको विभागले जनाएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/Press-Release-GDP-2021.pdf”][pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/Press-Release-GDP-2021.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?