काठमाडौँ- प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिका र यससँग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
मोरङ जिल्ला प्रशासन कार्यालयले महानगरसँग सिमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिवार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भाइरसको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया