लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखसँग ४ दलको माग

काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार अकस्मात पदबाट राजीनामा दिएसँगै अहिले साझ सपथग्रहण गर्ने तयारी गरेको पोखरलेको कार्यक्रम रोक्नको लागि लुम्बिनी प्रदेशका ४ दलहरुले प्रदेश प्रमुख धर्मनाथ यादवसँग माग गरेका छन् ।

नेपाली कांग्रेस प्रमुख सचेतक फकरुद्ध खानले मुख्य मन्त्री शंकर पोखरेललाई सपथ ग्रहण गराउन नमिल्ने भन्दै आफुहरु ४ दलको माग गरेको बताए । उनले आफुहरुले संसदको हस्ताक्षर सहित सरकारको नेतृत्व गर्ने दावी गर्ने भएकोले अलिहे सफतग्रहण रोक्न माग गरेको बताए ।मुख्यमन्त्री पोखरेलको जति ४० मत हुने अब लुम्बिनी प्रदेशमा विपक्षहरु ४ दलको हुने छ ।

पूर्वनिर्धारित समयमै आइतवार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन चल्ने कार्यतालिका बेक्र गर्दै बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका हुन् । राजीनामा दिएको २ घण्टा भित्र पोखरेलले एमाले नेतृत्वमा बहुमत पुग्ने भन्दै सरकारको नेत्तवको लागि एमाले संसदीय दल पत्र लिएर पुगेको थियो । सोही मागको आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई आज नै सफतग्रण गराउने योजना बनाएका थिए ।

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि संकरलाई सकंट परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?