मुख्यमन्त्री पोखरेललाई एकपछि अर्को धक्का : ४ सांसदले छोडे साथ

काठमाडौं । लुम्बिनी प्रदेशमा थप ३ जना सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् ।

आइतवार बिहान पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । एकल बहुमत पुर्याइ सरकार चलाउने दाउमा रहेका मुख्यमन्त्री पोखरेललाई एकाएक आजै चार सांसदले साथ छोडेपछि धक्का लागेको छ ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै शुरुमै एमाले सांसद विमला वलीले माओवादी प्रवेश गरेको घोषणा गर्दै उनको साथ छोडेकी थिइन् ।

त्यस्तै एमाले सांसद दूग नारायण पाण्डे, सूर्य चिन्हबाट चुनाव लढेका स्वतन्त्र सांसदहरु धर्म बहादुरलाल श्रीवास्तव र अजय शाही समेत माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि सहमती जनाएका छन् ।

४ जनाले एकैपटक मुख्यमन्त्रीको साथ छोडेपछि उनलाई सरकार निर्माणका लागि सकस पर्ने देखिएको को छ । त्यस्तै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्यमन्त्रीको सपथ रोक्का लागि धर्ना दिइरहेका छन् ।

लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता कुलबहादुर केसीले ४२ जना सांसदहरुको हस्ताक्षरसहित आफूलाई भावी मुख्यमन्त्रीको रुपमा तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?