प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराएका हुन् ।

त्यससँगै आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन् ।

आज नै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा समेत त्यहि विषयमा कुराकानी भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?