एन आई सी एशियाका ग्राहकहरूलाई अनलाईन किनमेल गर्दा १५ प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामाग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिरहेका बेला हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने आजको टड्कारो आवश्यकता छ ।

यस अवस्थामा विभिन्न अनलाईन माध्यमहरूले दैनिक रुपमा अत्यावश्यक सामाग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा बैंकले त्यस्तो सुविधा ल्याएको हो ।

बैंकले Sastodeal, Gyapu, Reecharger, Infi Store र Khanpin Foods and Tours बाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

यसका लागि ग्राहकहरूले बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank ) प्रयोगकर्ताहरूले QR भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन् । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?