काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सोमवार (भोली) मध्यरातीबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको हो ।
त्यसैगरी छिमेकी मुलुक भारततर्फको सम्पूर्ण उडान स्थगित गरिएको छ । साथै ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया