काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा प्राप्त भएका अधिकारहरुको उपयोगका लागि सञ्चार जगत निर्भीकतापूर्वक लाग्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीहरुलाई शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले नेपालमा लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त अधिकारहरुको उपयोगका लागि सञ्चार जगत निर्भीकतापूर्वक लागिरहनेमा विश्वास व्यक्त गरे । संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको पनि उनको भनाई छ ।
हाल कोभिड–१९ को दोस्रो लहरका कारण सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई पनि सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी आएको भन्दै उनले यस्तो अवस्थामा स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया