काठमाडौं। गए राती सम्पन्न भ्यालेन्सिया र बार्सिलोना बिचको खेल बार्सिलोनाको पक्षमा गएको छ। भ्यालेन्सियाको घरेलु मैदानमा खेलिएको खेलमा मेस्सीले २ गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा पहिलो ४५ मिनेट गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५०औं मिनेटमा भ्यालेन्सियाका डिफेन्डर गाब्रिएल पौलिस्ताले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको १२ मिनेटको अन्तरालमा बार्सिलोनाले ३ गोल गर्न सफल भयो। ५७औं मिनेटमा पेनाल्टी मिस गरेका मेस्सीले रीबाउन्डमा गोलगर्दै पाहुना टोलीलाई खेलमा फर्काए। त्यसको ४ मिनेटमा एन्टोइन् गृजम्यानले बार्साको अग्रतालाई दोब्बर बनाए। खेलको ६९औं मिनेटमा कप्तान मेस्सीले खेलमा व्यक्तिगत दोस्रो गोलगर्दै बार्साको अग्रता बलियो बनाए।
भ्यालेन्सियाले खेलमा फर्किन निकै कष्टगर्दै ८३औं मिनेटमा १ गोल फर्कायो। तर त्यसपछि खेलमा कुनै पनि गोल हुन नसक्दा खेल बार्सिलोनाको पक्षमा गएको हो।
यो जितसँगै बार्साको उपाधि रेस कायम रहेको छ। ३४ खेलमा ७४ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ। आउँदो साता ‘लिग लिडर’ एथ्लेटिको मड्रिडसंग बार्साले आफ्नो घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया