काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएसँगै आजको बैठक स्थगित गरिएको कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।
त्यस्तै अर्को बैठक भोलि बस्ने उनले बताए ।
“वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आजको बैठक स्थगित गरिएको हो । अर्को बैठक सम्भवत भोलि बस्नेछ ।” उनले भने ।
त्यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको १४ औँ महाधिवेशनका विषयमा कुरा हुने बताइएको थियो । यद्यपी बैठक स्थगित भएसँगै भोलि त्यहि विषयमा छलफल हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया