काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप सांसदहरुलाई स्पष्टीकरण सोधेका छन् ।
सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ ।
उनीहरुलाई चार दिनअघि स्पष्टीकरण सोधिएको र उनीहरुको जवाफसमेत आइसकेको बताइएको छ । स्रोतका अनुसार उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको छ ।
पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले २७ जनालाई स्पष्टीकरण सोधेका थिए ।
त्यस्तै जवाफ चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता नेपालसहित धेरै नेताहरुलाई पार्टीबाट निष्काशन समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया