नेपालमा हालसम्म ५५० पत्रकारमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । हालसम्म नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ ।

महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमवार एक विज्ञप्तिमार्फत जनाएको छ ।

अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको भन्दै महासंघले यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?