गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाइँदै, पौडेल र यादवको नाम सिफारिस

काठमाडौं । सरकारले गण्डकी र सूदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आजको बैठकले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरु अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

त्यस्तै बैठकमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गरिएको स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?