काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरु सीताकुमारी पौडेल (चितवन) र गंगापसाद यादव (सप्तरी) लाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६७ बमोजिम उनीहरुलाई पद तथा गोपनियताको सपथ गरेकी हुन् ।
आज बसेको मन्त्रिपरिषद्ले गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमक शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया