काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा बर्नलीलाई २-१ गोलले पराजित गर्दै वेस्ट ह्याम पुनः जितको सिलसिलामा फर्केको छ।
वर्नलीको घरेलु मैदान ‘टर्फ मुरमा’ खेलिएको खेलको १९औं मिनेटमा घरेलु टोलिले अग्रता लिएको थियो। स्ट्राइकर क्रिस वुडले ‘स्पट किकमार्फत’ बर्नलीलाई अग्रता दिलाएका थिए।
त्यसको २ मिनेटमै वेस्ट ह्याम खेलमा फर्कियो। स्ट्राइकर एन्टनियोको हेडर गोल मार्फत पाहुना टोली खेलमा फर्किएको हो। त्यसपछि खेलको २९औं मिनेटमा एन्टनियोले वेस्ट ह्यामको अग्रतालाई दोब्बर बनाए। उनले ‘क्लोज रेन्ज’ फिनिश गर्दा पहिलो हाफ पाहुना टोलीको पक्षमा गयो।
खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन र वेस्ट ह्यामको पुनरागमन जित पूरा भयो। यस सिजन उत्कृष्ट फुटबल खेलेको वेस्ट ह्याम ‘टप ४’ को रेसमा छ। ३४ खेलमा ५८ अंक जोडेको वेस्ट ह्यामले यस पछिल्ला दुई खेलमा न्युक्यासल र चेल्सीसँग पराजय भोगेको थियो। त्यस्तै ३४ खेलमा ३६ अंकसहित बर्नली १६औं स्थानमा छ।
त्यस्तै गए राती भएको अर्को खेलमा वेस्ट ब्रम र वुल्भसले १-१ गोलको बराबरी खेलेका छन्। यसका साथै १९औं स्थानमा रहेको वेस्ट ब्रमलाई रेलिगेसन बाट बच्न मुश्किल देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया