काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि थप कडाई गर्दै निषेधाज्ञा बढाइएको छ ।
आज बसेको काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति बाहिर ननिस्किने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया