काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमित र मृतकको पहिचान झल्किने तस्वीर र भिडियो सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको छ ।
कोरोना संक्रमित र मृतकको पहिचान खुल्ने गरी तस्वीरहरुले आफन्त तथा परिवारजनमा नकारात्म असर पर्ने भन्दै काउन्सिलले त्यस्तो आग्रह गरेको हो ।
“यस सम्बेदनशील अवास्थामा आम सञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी हुन्छ । कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर, वैयक्तिक विवरण एवम् मृतकको सामाजिक दाहासंस्कारका तस्वीरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया