काठमाडौं । मंगलवारको तुलनामा बुधवार (आज) अमेरिकी डलरको मूल्य केही घटेको छ ।
मंगलवार एक डलरको खरिददर ११७ रुपैयाँ ९७ र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा रहेको थियो । त्यस्तै आज डलर प्रति एकाई १० पैसाले कमि आइ खरिददर ११७ रुपैयाँ ८७ पैसा कायम भएको र बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार आज बहराइन दिनार एकको खरिददर ३१२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१४ रुपैयाँ २६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया