काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको र आज संघीय संसद सचिवालयमा पत्र दर्ता गराएको हो ।
आज संघीय संसद सचिवालयमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले उक्त पत्र दर्ता गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनर्स्थापना गरेपनि राजीनामा नदिएको साथै संविधान उल्लंघन गरिरहेको समेत बुझाइएको पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया