उपेन्द्र यादवको निवासमा पुगे प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएसँगै यतिबेला नेताहरुबीच दौडधुप चलेको छ ।

प्रधानमन्त्री ओली पक्षका सांसदहरु सरकारको समर्थन जुटाउने खेलमा लागेका छन् । भने एमालेकै माधवकुमार नेपाल पक्षसहित माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षहरु सरकारले लिन लागेको विश्वासको मत असफल बनाउने दाउमा रहेका छन् ।

यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको निवासमा बैठक चलिरहेको छ ।

यादव निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु छलफलमा जुटेका छन् ।

बुधवार बिहान प्रचण्ड र नेपाल छलफलका लागि यादव निवास पुगेका हुन् । छलफलमा पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?