काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।
कांग्रेस र माओवादी केन्द्र समेतको समर्थनमा डा देवकोटालाई बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरेको हो ।
त्यसै विषयमा छलफल गर्न मंगलवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।
त्यस्तै उनका प्रतिवद्वन्दीको रुपमा नेकपा एमालेले माओवादी केन्द्रबाट एमालेमा आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने तयारी रहेको छ ।
स्थानीय निकाय वित्तीय आयोगमा लामो समय काम गरेका डा देवकोटालाई उम्मेद्वार बनाउने पक्कापक्की जस्तै भएको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया