काठमाडौं । नेपाली सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने तयारी गरेको छ ।
नेपाली सेनाले २०७२ भन्दा पछि अवकास प्राप्त सैनिक कर्मचारीहरुलाई फिर्ता बोलाउनेबारे छलफल गरेको र त्यसका लागि तयारी अवस्थामा रहनका लागि आग्रह गरेको छ ।
बुधवार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
उक्त निर्णय सार्वजनिक गर्दै नेपाली सेनाले भनेको छ- ‘यसै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले मिति २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन (Recall to Duty) निर्देशन जारी गरेको जानकारी गराईन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया