काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन सरकारलाई विभिन्न सुझावहरु दिएका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा खटिइरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलब्ध गराउने कुरामा कन्जुस्याई नगर्नका लागि आग्रह गरेको छन् ।
आज एक पत्र लेख्दै कोरोना कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई करार वा दैनिक ज्यालादारीमा का मगर्न बोलाएर मात्रै नहुने बताउँदै थप सुरक्षा र प्रोत्साहनको प्याकेज ल्याउनका लागि समेत आग्रह गरेका छन् ।
के के छन् सुविधाका प्याकेजहरुः(क) हाल झण्डै ५ हजार योग्य चिकित्सक PG को तयारी गरिरहेका छन। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई PG मा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया