शेयर बजारमा ५ अंकको गिरावट

काठमाडौं । बुधवार शेयर बजार ५.०९ अंकले गिरावट आइ २६४९.६० मा कारोबार रोकिएको छ ।

त्यस्तै आज ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैँया बराबरको कारोबार गरेको छ भने १ करोड ४८ लाख ६७ हजार ९ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

आज बैंकिङ,होटल तथा पर्यटन,विकास बैंक,उत्पादनमूलक उपसमस्ह,अन्य,लघुवित्त,जीवन बीमा,म्युचुअल फण्ड र लगानी लगायतका उपसमूहहरको कारोबार घटेको छ । आज सबैभन्दा बढी उत्पादन मूलक र होटल तथा पर्यटन क्षेत्रको कारोबार गरेको छ । यी उपसमूहहरुको क्रमशः१.१५ र १.१३ प्रतिशतले कारोबार घटेको छ ।

त्यस्तै ट्रेडिङ,हाइड्रो पावर,वित्त कम्पनी,निर्जीवन बीमा कम्पनी लगायतका उपसमूहहरुको कारोबार भने बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?