काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) स्तरीय अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हर सम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिमा आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’ अर्थमन्त्री पौडेलले भने । समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको अर्थमन्त्री पौडेलेको भनाई छ ।
त्यस्तै,आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोरोनाको दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।
त्यस्तै,अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे । उनले खोपको आपूर्तिमा सबै देशले सहज रुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको बताए ।
कोरोनाको संक्रमणका कारण व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया