काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत कोरोना संक्रमित पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।
कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो ।
उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया