काठमाडौं। अभिषेक रिजालले नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण खेल्ने भएका छन्।
अभिषेकले बुटवल लुम्बिनी एफसीबाट यसपालिको एनएसएलका बाँकी खेल खेल्ने भएका हुन्।
बुटवलका विदेशी खेलाडी अर्मान्ड घाइते भएपछि अभिषेकले बुटवलको टोलीमा स्थान पाएका छन्।
अभिषेकले आफ्नो नाम एनएसएलको आइकोनिक खेलाडीकै सूचीमा दिएका थिए तर उनलाई कुनै पनि टोलीले लिएको थिएन।
अभिषेकले पछिल्लो समयमा माल्दिभ्स र भारतमा लिग खेलेका थिए।
बुटवलले अर्का खेलाडी आमिर श्रेष्ठको ठाउँमा दिपेश आले मगरलाई अनुबन्धित गरेको छ।
प्रतियोगितामा बुटवल लुम्बिनीको पकड राम्रै देखिन्छ। बुटवल ५ अंक सहित अंक तालिकाको चौथो स्थानमा छ। बुटवलको अब समूह चरणमा २ खेल बाँकी छन्। ललितपुर र धनगढीसँग बुटवलले आउने दुई खेलहरु खेल्ने छ।
बुटवलको प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया