हङकङ । चीनको उत्तरपश्चिमी स्वायत्त क्षेत्र सिन्जियांगमा भइरहेको अत्याचारको विषयमा चीनले ढाकछोप गर्ने प्रयास गरिरहेको छ । सिन्जियांगमा रहेका उइगरहरुमाथि भइरहेको अत्याचारका नयाँ घटनाहरु दैनिक रुपमा सार्वजनिक हुँदै गएपछि चीनले उक्त घटनाको रक्षाका विषयमा आफ्नो अभिव्यिक्ति पनि फेरिरहेको छ ।
चीनले सिन्जियांगमा ठूलो संख्यामा उइगरहरुलाई नियन्त्रणमा लिएर एक यातना शिविरमा राखिरहेको छ । विश्व समुदायले चीनको उक्त कार्यको चर्को निन्दा गरेको छ । तर, चीनले भने उक्त शिविर हिरासत केन्द्र नभइ पुनर्शिक्षा केन्द्र भएको बताइरहेको छ । यसअघि आतंकवादविरुद्ध लड्नका लागि उनीहरुलाई शिविरमा राखेर प्रशिक्षण दिने गरेको बताउँदै आएको थियो ।
संयुक्त राष्ट्रको तथ्यांक अनुसार उक्त शिविरमा अझै पनि १० लाख उइगर मुस्लिमहरुलाई नियन्त्रणमा लिएर राखेको छ । त्यहाँ नियन्त्रणमा लिइएका उइगरहरु महिलाहरुलाई बलात्कार गर्ने, यौन दुर्व्यवहार गर्ने तथा जबरजस्ती बाझोपन गराउने औषधि खुवाउने गरेको छ भने पुरुषहरुलाई जबरजस्ती श्रम शोषण गर्ने काम गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, युरोप, अस्ट्रेलियालगायतका मुलुकहरुले चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चीनको आलोचना गरिरहेका छन् । चीनलाई सिन्जियांगका उइगरहरुको जीवन रक्षाका लागि पहल गर्न आग्रह गरिरहेका छन् । तर, चीनले भने विश्वको ध्यान भड्काउनका लागि अन्य विभिन्न अवैध, अनैतिक र गैरकानुनी गतिविधिहरुमा संलग्न भइरहेको छ ।
चीनले सिन्जियांगमा नरसंहार गरेको भन्दै सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वविदेशमन्त्री माइक पोम्पियोले आलोचना गरेका थिए । उक्त आलोचनापछि क्यानडाले पनि चीनले नरसंहार गरिरहेको आरोप लगाएको थियो ।
अस्ट्रेलियाले पनि चीनले संयुक्त राष्ट्रसंघको नरसंहार अभिसन्धिका सम्पूर्ण मापदण्डहरु उल्लंघन गरेको आरोप लगाएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले चीनको अस्थिरता र विभाजनको बारेमा तर्कहीन भय प्रदर्शन गरेको छ । शीर्ष नेताहरूले देशभरका १२ करोड जातीय अल्पसंख्यकहरुलाई एकत्रित बनाएर अघि बढ्ने बताए पछि चिनियाँ अधिनायक भने जातीय सफाया अभियानलाई व्यवहारमा लागु गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया