एनएसएल : आज दुई खेल खेलिँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (बिहीवार) दुई खेल खेलिँदै छन्।

दशरथ रगंशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा ललितपुर एफसी र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्दै छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स एफसी र विराटनगर सिटी एफसी भिड्दै छन्।

आजको खेलमा जित निकाल्दै ललितपुरको टोलीले प्लेअफको सम्भावनालाई जिउंदै राख्न चाहन्छ। यस प्रतियोगितामा एक जित पनि निकाल्न नसकेको ललितपुरलाई अन्तिम चरणमा पुग्नको लागि बुटवल विरुद्धको आजको खेल निकै महत्वपुर्ण रहेको छ।

अपह्रान्न २:३० बजे खेलिने सो खेलमा बुटवलको टोली भने ललितपुरलाई हरॉंउदै लिगको दोस्रो स्थानमा उक्लिँदै प्लेअफ यात्रा सुनिश्चित गर्न चाहन्छ। अहिले बुटवलको टोली अकं तालिकाको चौथौं स्थानमा रहेको छ। त्यस्तै ललितपुर भने छैटौं स्थानमा रहेको अवस्था छ।

त्यस्तै आज सॉंझ ५:३० बजे हुने अर्को खेलमा दोस्रो स्थानमा रहेको विराटनगर सिटी एफसी काठमाडौंमाथि जित निकाल्दै अन्तिम चरणमा स्थान पक्का पार्न चाहन्छ। उता चौथौं स्थानमा रहेको काठमाडौं पनि प्रतिद्वन्दि विराटनगरमाथि ३ अकं कमाउंदै प्लेअफ स्पट पक्का गर्न चाहन्छ। विराटनगर र काठमाडौं दुवैको समान ७ अकं रहेको छ तर गोल डिफ्रेन्सको आधारमा विराटनगरको टोलि दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेका छन्।

धनगढी एफसीले भने प्लेअफको यात्रा सुनिश्चित गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?