काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको तेस्रो बैठक सकिएको छ ।
आजको बैठकमा बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनका विषयमा छलफल भएको छ ।
बैठकमा राष्ट्रिय सभामा बागमती प्रदशेमा एमालेका उम्मेद्वारलाई विजयी गराउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री समेत रहेका नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै उम्मेद्वारको नाम छिट्टै टुंग्याउने विषयमा छलफल भएको समेत उनले बताए ।
त्यस्तै वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विषयमा समेत छलफल गरिएको उनले बताए ।
“बैठकमा विश्वासको मत लिने विषयमा पनि छलफल गरिएको छ । विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षहरुसँग छलफल गरिएको छ ।” प्रवक्ता ज्ञवालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया